काठमाडौं, साउन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच पारवाहन लगायतका विषयमा सहज व्यवस्था हनुुु आवश्यक रहेको बताउनु भएको छ ।
आज नेपालउधोग वाणिज्य महासंघ र मारिटाइम गेट वेको आयोजनामा आज प्रथम नेपाल पारवहन सहजीकरण सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले नेपालभारतबीच उल्लेखनीय परिमाणमा व्यापार, लगानी, पर्यटन र जनता–जनता बीचको आवतजावत भइरहेको सन्दर्भमा दुई देशबीचको सम्बन्धको चर्चा गर्दै भन्नुभएको छ “हामी असल छिमेकीहरु हौं, र हामी असल छिमेकी हुनै पर्दछ भन्ने धारणा व्यक्तगर्नु भएको छ । ”
प्रधानमन्त्री ओलीले भन्नुभयो“व्यापार र पारवाहन व्यवस्थापनलाई सहज, झन्झट मुक्त र मितव्ययी बनाउन स्मार्ट लजेस्टिकको महत्वपूर्ण भूमिकाहुने गर्दछ । ” प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच निकै पुरानो वहुआयामिक सम्बन्ध रहेको उल्लेख गर्नुभएको छ ।
“हाम्रो सम्बन्धले खासगरी बदलिएको राजनीतिक र आर्थिक परिवेशमा नयाँ उचाइ हासिल गर्दैछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले नेपालभारत निकट छिमेकीहरु मात्र नभएर अभिन्न मित्रहरु समेत भएको धारणा राख्नुभएको छ ।
प्रधानमन्त्री ओलीले भन्नुभयो “दुई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देशका रुपमा नेपाल र भारतबीच बढीभन्दा बढी अन्तरकृया र सहकार्य हुनअत्यावश्यक छ । यस्तो अन्तरकृया र सहकार्य सार्वभौम समानता, आपसीविश्वास, सम्मान र सहयोगमा आधारित भएर सरकार र जनतातहमा हुनुपर्दछ ।”