साउन १२, काठमाडौं । नेपालकै अगुवा बैंक नेपाल बैंक लिमिटेड आफना सेवाहरुलाई समयानुकुल परिस्कृत गराउंदै आधुनिकीकरणको यात्रामा द्रुत गतिमा अगाडि बढिरहेको छ ।
बढ्दो प्रतिष्पर्धी बजारमा खरो उत्रन गैह कोष आधारित व्यवसाय विस्तारको आवश्यकता रहेको तथ्यलाई आत्मसात गरि गैह्र कोष आधारित ट्रेड फाईनान्स सम्बन्धि कारोबारलाई उच्च प्राथमिकता दिई अघि बढाईएको फलस्वरुप बैक यस व्यवसायमा अब्बल बन्दै गइरहेको छ ।
बि.सं. २०७३ सालमा सेन्ट्रल ट्रेड फाईनान्स डिभिजन गठन गरि प्रतितपत्र, बैंक जमानत तथा ट्रेड फाईनान्स सम्बन्धि अन्य सेवाहरु एकिकृत रुपमा प्रदान गर्न सुरु गरिएकोमा त्यस यता बैकले सेवाशुल्क कटौती ,धितो सम्वन्धी व्यवस्था समयानुकुल परिमार्जन ,ग्राहक संचेतना कार्यक्रमका साथसाथ आधुनिक प्रविधिको प्रयोगबाट गुणस्तरीय छिटो छरितो ग्राहक सेवा अगाडि बढाईरहेको छ ।
बैकको प्रधान कार्यालय सेन्ट्रल ट्रेड फाईनान्स डिभिजनका प्रमुख अर्जुन बहादुर कंडेलका अनुसार ग्राहक सन्तुष्ठीका निम्ति ग्राहकको पृष्ठपोषण नियमित रुपमा लिई उनीहरुका गुनासा समस्या तत्काल समाधानको अभ्यास गरिनुका साथै बैकले जारी गरेका बैक जमानतको आधिकारिकता बैकको वेवसाईटमा जांच्न सकिने , जुनसुकै शाखाबाट पनि प्रतितपत्र, बैंक जमानततथा ट्रेड फाईनान्स सम्बन्धि अन्य सेवाहरु प्राप्तगर्न सकिने ,वेनिफिसियरीले जुनसुकै शाखाबाट जमानत दावी गर्न सक्ने पध्दति (एनि ब्रान्च क्लेम सिस्टम) लागु गरिएको फलस्वरुप यस कारोवारमा गतवर्षको तुलनामा ३० प्रतिशतले बढोत्तरी भएको र बैकको खुदनाफामा यसको योगदान १५ प्रतिशत पुगेको छ ।
बैकमा दक्ष नयां जनशक्तिको प्रवेशसंगै कर्मचारीको कार्यसंस्कृतिमा व्यापक सुधार आई बैकको समग्र कारोवार अनि मुनाफामा गैह्र कोष आधारित व्यवसायको योगदान अरु बढाउन सफल हुने विश्वास लिइएको छ ।