काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न घन्टीमा मतदान गर्नु भनेको आफ्नै घरमा डोजर चलाउन माग्नु सरह भएको टिप्पणी गरेका छन् ।
साम्पाङले रास्वपाबाट प्रधानमन्त्री बन्ने आकांक्षा व्यक्त गरेका बालेन्द्र साहप्रति इंगित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै साम्पाङले लेखेका छन्, “सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले घन्टीमा भोट दिनु भनेको आफ्नै घरमा डोजर चलाइ माग्नु हो । खेदाइ माग्नु हो । त्यो पार्टीबाट प्रधानमन्त्री बन्ने भन्ने मान्छेले के गर्यो काठमाडौंमा देख्या होला नि !”
उनको यो अभिव्यक्तिलाई सुकुम्बासी समस्या, सहरी विकास र राजनीतिक दलहरूको भूमिकासँग जोडेर विभिन्न प्रतिक्रिया आउन थालेका छन् ।