शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बालेनको प्रचारमा हिँडेका पत्रकार सिटौलाको निधन

आइतबार, माघ १८ २०८२

काठमाडौँ । पत्रकार दिनेश सिटौलाको निधन भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानका क्रममा टोलीसँगै अछाम पुगेका सिटौला त्यहीँ कार्यसम्पादनका क्रममा अचानक बेहोस भएर ढलेका थिए ।

अछाममा बेहोस भएपछि उनलाई शुक्रबार काठमाडौं ल्याई ग्राण्डी इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा चिकित्सकले आज दिउँसो १२ः४५ बजे उनलाई मृत घोषणा गरेका हुन् ।

चिकित्सकका अनुसार सिटौला एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक प्रकार)बाट पीडित थिए । अछाममै अचानक ढलेपछि तत्काल उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

स्वर्गीय सिटौलाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको छ । उनको निधनप्रति पत्रकारिता क्षेत्र तथा विभिन्न राजनीतिक र सामाजिक क्षेत्रबाट शोक व्यक्त गरिएको छ ।