शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

महान्यायाधिवक्ताविरुद्धको उजुरी कारबाहीबारे अख्तियारमा युवराज सफलको अर्को निवेदन

आइतबार, माघ १८ २०८२

काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारीले पदको दुरुपयोग गर्दै गम्भीर प्रकृतिका मुद्दा नचलाउने निर्णय गरेको आरोपसहित दर्ता गरिएको उजुरीमाथि के–कस्तो कारबाही भइरहेको छ भन्नेबारे जानकारी माग गर्दै युवराज सफलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अर्को निवेदन दिएका छन् ।

यसअघि सफलले किशोरीको डिम्ब तस्करी, सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसँग जोडिएका व्यक्तिविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको दाबी गर्दै महान्यायाधिवक्ता भण्डारीविरुद्ध अख्तियारमा उजुरी दर्ता गराएका थिए ।

नयाँ निवेदनमार्फत उनले ती दुई विवादित निर्णयसँग सम्बन्धित सम्पूर्ण फाइल झिकाई विस्तृत अनुसन्धान गर्न, साथै निर्णय प्रक्रियामा संलग्न व्यक्तिहरूमाथि आवश्यक कारबाही गर्न माग गरेका छन् ।

सफलले गत पुस ३० गते दर्ता गराएको उजुरीमा महान्यायाधिवक्ता भण्डारीले अनुचित प्रभावमा परेर मुद्दा फिर्ता लिएको र त्यसमा आर्थिक चलखेल भएको आशंका गरिएको उल्लेख गरेका थिए ।