बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

झापाको एक घरमा भेटियो २७ गोवन सर्प र एक करेट सर्प

शुक्रबार, साउन १० २०७६

दमक । सर्प देख्दा को नतर्सेला ? अझ घरभित्र सर्प देखियो भने त होस हवास नै उडछ् । झापाको गौरादहमा एक घरमा एउटा दुइवटा होइन २७ वटा सर्प फेला परेको छ ।

गौरादह नगरपालिका वार्ड नं ५ चाप्रामारी कटकपुरका काशी शर्माको घरमा एउटा ठुलो सर्प सहित २७ वटा गोमन सर्प भेटिएको हो । धेरैजसो सर्पका बच्चा रहेका थिए ।

गोवन सर्प बिषालु सर्पमा पर्दछ । एउटा सर्प मारेको र त्यसपछि राती अरु पनि सर्प भएको आँशकामा दुलो खन्दा बग्रेल्ती सर्प भेटिएपछि यो परिवारको होसहवास नै उडेको थियो ।

शर्माका छोरा संदिपका अनुसार अकल्पनीय रुपमा सर्पहरु भेटिएकाछन् । उनका अनुसार रातको ११ बजे स्थानीयहरुको साहारामा सबै सर्पहरु मारेर गाडिएको छ ।

रातभर निन्द्रा नलागेको समेत यो परिवारले जनाएको छ । त्यो भन्दा अगाडि अर्को बिषालु करेत सर्प पनि यो घरमा भेटिएको थियो ।