बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रभावकारी हुन नसकेको ब्याजदर करिडोर, तीन वर्षमा तीन पटक परिमार्जन

शुक्रबार, साउन १० २०७६

काठमाडौं साउन, १०– नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोर सार्वजनिक गरेको तीन वर्ष बितेको छ । तीन वर्षमा  राष्ट्र बैंकले तीनै पटक करिडोरलाइ परिमार्जन गरेको छ ।  
बैंकको ब्याजमा ठूलो उतारचढाव आउन नदिन ब्याजदर करिडोर लागू गरिन्छ । नेपाल राष्ट्र बैंकले ब्याजदरलाई निश्चित सीमामा  राख्न तीन  वर्षअघि मौद्रिक नीतिमार्फत्  ब्याजदर करिडोर घोषणा गर्याे ।

त्यतिखेर ब्याजको तल्लो सीमा तोकिएको थिएन । राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाको काम स्थायी तरलता सुविधाको दरले र तल्लो सीमाको काम दुई हप्ता अवधिको निक्षेप संकलनको ब्याजदरले गर्ने घोषणा गरिएको थियो । तल्लो सिमा बजारमा छोडेका कारण यो घोषणा कार्यान्वयनमा आउन सकेन ।

त्यसपछि आर्थिक वर्ष २०७४÷७५ को मौद्रिक नीतिमा ब्याजदर करिडोर परिमार्जन गरियो ।  परिमार्जित ब्याजदर करिडोरको तल्लो सीमा ३ प्रतिशत र माथिल्लो सीमा ७ प्रतिशत तोकीयो । जसलाई कात्तिकमा कार्यान्वयनमा लगियो ।

यसपछि गत वर्षको ब्याजदर करिडोरमा माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधा दर ७.० र तल्लो सीमाको रुपमा दुईहप्ते निक्षेप संकलन दर ३.५ प्रतिशत कायम गरियो । जसलाई फेरी अहिलेको मौद्रिंक नीतिमा संसोधन गरिएको छ ।

परिमार्जित करिडोरमो माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधा दर ६ प्रतिशत, नीतिगत दरको रुपमा रिपो दरलाई ४.५ प्रतिशत र तल्लो सीमाको निक्षेप संकलन दरलाई ३ प्रतिशत कायम गरिएको छ ।

गत वर्षको मौद्रिक नीतिमा काय गरिएको व्यवस्था अनुसार अन्तर बैंक ब्याजदर ३ दशमलव ५ प्रतिशत भन्दा तल झर्नु हुँदैन थियो । तर गत माघमा अन्तर बैंक ब्याजदर २ दशमलव ८  प्रतिशत कायम  भएको थियो । त्यस्तै माथिल्लो सिमा ६ दशमलज ५ भन्दा माथि जानु नहुने व्यवस्था छ । तर , राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ११ महिनाको रिपोर्टमा गत जेठमा यस्तो ब्याजदर ६ दशमलव  नौ एक कायम भएको देखिन्छ । यसरी हेर्दा राष्ट्र बैंकले ब्याजदर  प्रभावकारी रुपमा कार्यान्वयन गर्न नसकेको प्रष्ट हुन्छ ।

तरलता अभाव देखाएर बैंकहरुले कर्जाको ब्याजदर अस्वाभाविक रुपमा बढाउने गरेका छन् । जसको असर लगानी विस्तारमा परिरहेको छ । 

यो वर्षमा कायम गरिएको ब्याजदर करिडोर कार्यान्वयनमा नआउने हो भने अझै पनि ब्याजदर नियन्त्रणमा आउन थप वर्ष लाग्ने देखिन्छ । किनकी भारतमा अन्तर बैंक ब्याजदर  नियन्त्रणमा आएपछि त्यसको बजारमा प्रभाव पर्न करिब २ वर्ष लागेको थियो । जसले गर्दा यो वर्ष राष्ट्र बैंकले कडाइका साथ ब्याजदर करिडोर  कार्यान्वयनमा लान जरुरी छ ।