बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल पुनर्बीमा कम्पनीको निमित्त सिइयोमा भण्डारी

बिहिबार, साउन ९ २०७६

काठमाडौं । बीमा क्षेत्रको लामो अनुभव भएका दामोदर भण्डारीलाई नेपाल पुनर्बीमा कम्पनीले निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । 
गत आर्थिक वर्षको अन्त्यसँगै प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीको करार सकिएको थियो ।

बीमा क्षेत्रमा २२ वर्षको अनुभव भएका दामोदर भण्डारीलाई कम्पनीको सञ्चालक समितिले साउन एक गतेदेखि लागु हुने गरी निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

भण्डारी नेपाल पुनर्बीमाको स्थापनाकाल देखिनै कार्यरत छन् । भण्डारी नेपाल पुनर्बीमा आउनु अघि बीमा समितिमा कार्यरत थिए ।

भण्डारीको समितिमा १७ वर्षको कार्यानुभव छ । सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतको लागि छुट्टै प्रक्रिया अपनाउने छ ।