बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ग्लोवल आईएमई लघुुबित्तको नाफा छ करोड ८० लाख

बिहिबार, साउन ९ २०७६

काठमाडौ, साउन ९–
ग्लोवल आईएमई लघुुबित्त बित्तीय संस्थाले आर्थिक बर्ष २०७५—०७६ मा छ करोड ८० लाख ६७ हजार रुपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो मुनाफा एक करोड ५७ लाख १२ हजार रुपैयाँ रहेको थियो ।

 चुक्ता पुंजी १८ करोड ७८ लाख ६३ हजार रुपैयाँ रहेको संस्थाले गत आवमा ८७ करोड ४६ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब १८ करोड ८४ लाख ६१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १४ करोड ३१ लाख ६४ हजार रुपैयाँ खुुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुुई करोड ५१ लाख छ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुुपात शुन्य दसमलव ४३ प्रतिसत रहेको छ । 

अघिल्लो आवमा भने संस्थाले ३६ करोड आठ लाख ८८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब आठ करोड ६३ लाख ६९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ७५ लाख १२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा शुन्य दसमलव ७६ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो ।