काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति पर्बत शाखाले आफ्नो बार्षीक वनभोज कार्यक्रम सम्मन्न गरेको छ ।
जिल्ला कार्यसमिति पर्बत शाखाको आयोजनामा उक्त वनभोज तथा विविध सांस्कृतिक कार्यक्रम आज शनिबार सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा प्रतिष्ठान गण्डकी प्रदेश समितिबाट अध्यक्ष माया गुरुङ, वरिष्ठ उपाध्यक्ष रामजी पौडेल, प्रथम उपाध्यक्ष आर सी पौडेल, सचिव कृष्ण सुवेदी, सदस्यहरु दिपक गदाल, पुजा कार्की शर्मा लगायतको सहभागी रहेको थियो ।
त्यस्तै वनभोज कार्यक्रमा जिल्ला कार्यसमितिका सम्पुर्ण समिति सदस्यहरु तथा अग्रजहरुको पनि बाक्लो उपस्थित रहेको थियो ।
सम्पुर्ण कार्यक्रमलाई प्रतिष्ठान पर्बत शाखाका अध्यक्ष सन्तोष सुबेदी संयोजन गरेका थिए । स्रोतका अनुसार वनभोज कार्यक्रम सब्य, भब्य र सु–संस्कृत बनेको थियो ।
प्रतिष्ठान गण्डकी प्रदेशकी अध्यक्ष माया गुरुङ भन्छिन्ः ‘आगामी दिनमा अझ सशक्त एवं सक्रिय भई संस्थागत कार्यमा लाग्नुहुन प्रतिष्ठान गण्डकी प्रदेशका सम्पूर्ण साथीहरूलाई हार्दिक अनुरोध गर्दै हामी सधैं, सँगै हातेमालो गरेर संस्थागत मर्यादालाई उच्च राख्ने प्रतिबद्धता जाहेर गर्दछु ।’
निकै उत्कृष्ट तथा रोचक बनेको कार्यक्रममा आ–आफुले गरेको कामको मुल्याकन गर्दै मायाको चिनो तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
त्यस्तै, नवनिर्वाचित प्रतिष्ठान गण्डकी प्रदेश समितिलाई सम्पुर्ण कार्यसमितिको फोटो, नाम तथा पद सहितको फ्रेम प्रदान गरिएको थियो ।
