बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

लागूऔषध सहित पक्राउ

मंगलबार, साउन ७ २०७६

काठमाडौं साउन, ७–
कपिलवस्तु, मायादेवी गाउँपालिका ४ चाकरचौडाबाट बाणगंगा नगरपालिका १ जितपुर बस्ने १८ वर्षीय कृष्ण खाणलाई नियन्त्रित लागूऔषध नाईट्रोभेट ट्यावलेट १ पिस र विनस्पास्मो १ सय १८ ट्यावलेट सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा सिमा प्रहरी चौकी चाकरचौडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री खाणलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 
बाँकेको नेपालगंज उपमहानगरपालिका १० स्थित सडकबाट सुर्खेत बीरेन्द्रनगर नगरपालिका ९ बस्ने १८ वर्षीय रोहित बुढा र कालिकोट शुभकामना गाउँपालिका ३ बस्ने २१ वर्षीय प्रकाश रोकायलाई लागूऔषध ब्राउनसुगर १ ग्राम ५ सय मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्दा जुत्तामा लुकाई छिपाई ल्याएको उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 
मकवानपुरको हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट चितवन भरतपुर महानगरपालिका १० बस्ने १८ वर्षीय अनिस सिन्जाली मगरलाई नियन्त्रित लागूऔषध नाईट्रोभेट ट्यावलेट २१ पिस र नवलपरासी मध्यबिन्दु नगरपालिका ५ बस्ने २० वर्षीय बसन्त पुनलाई नाईट्रोभेट ट्यावलेट १९ पिस सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।