काठमाडौ, साउन ७ । नेप्से आज पनि बढेको छ । साताको तेस्रो कारोवार दिन आज मंगलबार नेप्से पाँच दसमलव ९४ अंकले बढेर १२ सय ७७ दसमलव १७ अंकमा पुुग्दा सेन्सिटिभ शुन्य दसमलव ९२ अंकले बढेर दुुई सय ७४ दसमलव ४१ अंकमा चढेको छ ।
आज एक सय ६९ कम्पनीहरुको पाँच हजार पाँच सय एक वटा कारोवारमा १४ लाख ४४ हजार एक सय ९२ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम ३६ करोड ८९ लाख ८० हजार आठ सय ६० रुपैयाँ पुुगेको छ । आज ११ वटा समुहको कारोवार भएको हुंदा गुमाउने भन्दा कमाउने समुह धेरै देखिएकाछन ।
ति मध्ये कमाउने समुहमा परेको बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ९७ अंकले बढेर ११ सय ५४ दसमलव ७४ अंकमा चढेको छ भने बिकास बैैक समुहको सुचक चार दसमलव १७ अंकले बढेर १६ सय ३३ दसमलव ४७ अंकमा चढेको छ ।
यसैगरी निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । होटल, जलबिद्युुत, उत्पादनमुुलक र अन्य समुहको सुचक भने आज घटेकाछन ।
कमाउने कम्पनीहरुको सुचीमा आज महिला सहयात्रा लघुुबित्त बित्तीय संस्था, स्वदेशी लघुुबित्त बित्तीय संस्था आदि परेकाछन भने गुमाउने कम्पनीहरुको सुचीमा दिव्येश्वरी हाईड्रो पावर कम्पनी, युुनियन हाईड्रो पावर कम्पनी आदि परेकाछन । बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज कृषि बिकास बैंक, शिवम सिमेन्ट आदि परेकाछन ।