बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जनकपुर–जयनगर रेल अनिश्चित

मंगलबार, साउन ७ २०७६

जनकपुर । बाढीले लिकमा क्षति गरेपछि नेपालको एकमात्र रेल सेवा सञ्चालन हुनुअघि नै अवरुद्ध भएको छ । सञ्चालन हुने मिति समेत अनिश्चित भएको छ ।  

केही दिनको अविरल वर्षासँगैको बाढीले रेलमार्गमा क्षति र्पुयाएपछि सञ्चालन मिति टरेको हो । निर्माण सम्पन्न भएर रेल सेवा सञ्चालन नहुँदै बाढीले लिकमुनिको जमिन बगाउँदा करोडौंको क्षति भएको छ ।

 

गत वर्ष चार पटक बेग्लाबेग्लै मितिमा रेल शुभारम्भ हुने घोषणा भएको थियो । जयनगर–इनरुवा खण्डमा लिक निर्माणपछि रेल चलाएर परीक्षण समेत गरिएको थियो । दसैंदेखि सञ्चालन हुने घोषणा भए पनि सो मिति र्टयो । पछि विवाह पञ्चमी, फागुन हुँदै नयाँ वर्षको मिति तोकियो । तर पनि रेल सञ्चालनमा आउन सकेको थिएन ।