बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कास्कीको पुरुन्चौरमा कामना सेवाकोे ९७ औं शाखा

मंगलबार, साउन ७ २०७६

काठमाडौ, साउन ७ । कामना सेवा विकास बैंक लिमिटेडले बैकिङ्ग पहुच नपुगेका ग्रामिण क्षेत्रहरुमा समेत आफ्नो सेवा विस्तार गर्दै जाने उदेश्य अनुरुप गण्डकी प्रदेश अन्तर्गत पोखरा महानगरपालिका वडा नं. १९ स्थित  पुरुन्चौरमा यही श्रावण ६ गते आफ्नो ९७ औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उक्त शाखाको कारोबार शुभारम्भ गरेका हुुन । कारोबार शुभारम्भ समारोहमा बैंकका संचालकहरु चतुराखर अधिकारी, देव कृष्ण काफ्ले, बलराम बराल तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज वास्तोला लगायत स्थानीयवासीहरmको उपस्थिति रहेको थियो ।

यस बैंकले व्ययवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्पmत आफ्ना ग्राहकहरुलाई उच्चस्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको जानकारी दिएको छ । 

काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९७ वटा शाखा तथा ४५ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ ।

साथै बैंकले एबिबिएस, एसएमएस बैंकिङ, मोवाईल बैंकिङ, सि—आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षरुपमा आफ्ना सेवाहरु थप गर्दै जाने लक्ष्य लिएको छ ।