बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध रुपमा ल्याएको बुद्धचित्तको दाना सहित चार जना पक्राउ

सोमबार, साउन ६ २०७६

भक्तपुर साउन, ६–
सूर्यबिनायक नगरपालिका ८ स्थित बा.२ ज ५२२३ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा अवैध रुपमा ल्याएको करिब एक सय केजी बुद्धचित्तको दाना फेला पारी ट्याक्सी चालक सहित चार जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका ७ बसुन्धरा बस्ने ४० वर्षीया शुक्र लामा, काठमाडौं बसुन्धारा बस्ने दोलखा भिमेश्वर नगरपालिका १२ घर भएका २१ वर्षीय रोशन कार्की, काठमाडौं बसुन्धारा बस्ने रामेछाप सुनापती घर भएका २५ वर्षीय रुपेश लामा र ट्याक्सी चालक काठमाडौं कपन बस्ने सिन्धुली रानीबास घर भएका २१ वर्षीय बिनोद माझी रहेका छन् । 
महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले बनेपाबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त ट्याक्सी जाँच गर्दा सात वटा बोरामा रहेको उक्त परिमाणको बुद्धचित्तको दाना फेला पारेको थियो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।