काठमाडौं । एनआईसी एशिया बैंकले सवा १० प्रतिशत ब्याजको अफरसहित आजदेखि चार अर्ब ४० करोड रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ । यो ऋणपत्रमा सात वर्षका लागि लगानी गर्नुपर्ने हुन्छ ।
बैंकले ४४ लाख कित्तामध्ये १७ लाख ६० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो । बैंकले पहिलो चरणमा साउन ९ गतेसम्म र पहिलो चरणमा बिक्री नभएको खण्डमा ढिलोमा भदौ तीन गतेसम्म निष्कासन गर्नेछ ।
सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम २२ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटलले जनाएको छ । आवेदनको लागि आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट अनलाइन आवेदन दिन सकिनेछ ।
बैंकले १०.२५ प्रतिशत व्याजदरमा सात वर्षको लागि ऋणपत्र निष्कासन गरेको हो । बैंकले अर्धवार्षिक रुपमा तोकिएको व्याज भुक्तानी गर्नेछ ।