बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेसमा तल्लो तहका कार्यकर्ता कारबाहीमा

सोमबार, साउन ६ २०७६

काठमाडौं । नेपाली कांग्रेसले २३ जना स्थानीय नेता कार्यकर्तालाई अनुशासनको कारबाही गरेको छ । 

 

अनुशासन समितिले सोलुखुम्बुमा २०, रौतहटमा २ र दैलेखमा १ जनालाई कारबाही गरेको जनाएको छ । गत स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई अनुशासनविपरीत कार्य गरेको भनि निष्कासन गरिएको हो ।

 

कारबाहीमा परेकाहरुको नामावली पार्टी सदस्यको अभिलेखबाट हटाउनका लागि निर्देशन दिइएको छ ।