बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आफ्नै बुबालाई हँसिया प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

सोमबार, साउन ६ २०७६

कैलाली, साउन ६-
आफ्नै बुबा ७५ वर्षीय काल्चे रावतलाई हँसिया प्रहार गरी हत्या गरेको अभियोगमा घोडाघोडी नगरपालिका ११ सिसैया टोल बस्ने ५५ वर्षीय उदय रावतलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
निज रावतले मादक पदार्थ सेवन गरी आप्ननै बुबाको हत्या गरेको र आमालाई समेत हँसिया प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले उदय रावतलाई पक्राउ गरेको हो । हसियाँ प्रहारबाट घाइते भएकी उनकी आमा ६० वर्षीया नन्दा रावतलाई उपचारको लागि घोडाघोडी अस्पताल सुख्खड लगिएकोमा थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।