बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्र बैंकले भोलि सोमबार २० करोड रुपैयाँको ट्रेजरी बिक्री गर्ने

आइतबार, साउन ५ २०७६

काठमाडौं साउन, ५–
नेपाल राष्ट्र बैंकले भोलि सोमबार २० करोड रुपैयाँको बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 
राष्ट्र बैकका अनुसार जारी मिती साउन सात गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने ट्रेजरीको परिपक्व हुुने अवधि ९१ दिन अर्थात २०७६ कात्तिक पाँच गते तोकिएको छ ।