बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुन जस्तो देखिने पहेलो धातु सहित पक्राउ

आइतबार, साउन ५ २०७६

काठमाडौं साउन, ५–
चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट रसुवा गोसाईकुण्ड गाउँपालिका ५ स्याप्रुवेशी घर भएका १७ वर्षीय मिन बहादुर तामाङलाई सुन जस्तो देखिने पहेलो २ थान धातु करिब २ किलो सहित शनिबार राति प्रहरीले पक्राउ गरको छ । 
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख ६५२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार तामाङले कालो टेपले बेरी रुमालले कम्मरमा बाँधी लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा उक्त धातु सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।