बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

डाक्टर अर्थमन्त्री हुँदा अर्थतन्त्र सिकिस्त

शुक्रबार, साउन ३ २०७६

काठमाडौं । वर्तमान सरकारमा अर्थ मन्त्रालयको जिम्मेवारी पढेका विद्वान डा. युवराज खतिवडाले सम्हालेका छन् । तर अर्थतन्त्रका सूचकहरुले नेपालको अर्थतन्त्र सिकिस्त बिरामी भएको देखाउँछ । दुई तिहाई बहुमतसहित सरकार संचालन भए यता देश भित्र आउने भन्दा बाहिरिने रकम बढि हुँदा शोधनान्तर घाटा धान्नै नसकिने गरी बढेकोे छ ।

 

राष्ट्र बैंकले सार्बजानिक गरेको विवरण अनुसार गत आर्थिक बर्षको ११ महिनाको अवधिमा शोधनान्तर घाटा ९० अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो बर्षको सोहि अवधिमा शोधानान्तर घाटा ४ अर्ब ३४ करोड रुपैयाँ मात्र थियो ।

 

निर्यात भन्दा आयात बढ्दै जादा पनि शोधानान्तर घाटा बढ्दै गएको हो ।

त्यस्तै यस अवधिमा चालु खाता घाटा २ खर्ब ४८ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षमा यस्तो घाटा २ खर्ब १० अर्ब २४ करोड रहेको थियो ।

 

गत आर्थिक बर्षको ११ महिनामा पुँजीगत ट्रान्सफर १३ अर्ब ८८ करोड रुपैयाँ र प्रत्यक्ष बैदेशिक लगानी ११ अर्ब ८१ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो बर्षको सोहि अवधिमा पुँजीगत ट्रान्सफर १५ अर्ब २ करोड र प्रत्यक्ष बैदेशिक लगानी १५ अर्ब ८८ करोड रहेको थियो ।