काठमाडौं, साउन ३ । काठमाडौंको नागार्जुन नगरपालिका ८ जरंकु बस्ने कुमार श्रेष्ठको टहरामा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं मनमैजु बस्ने नुवाकोट घर भएका २१ वर्षीय बिशाल मोक्तान सहित १० जनालाई नगद १९ हजार ७ सय ५ रुपैयाँ र ३ बुक तास सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी भक्तपुरको भक्तपुर नगरपालिका १ सल्लाघारीबाट जुवातास खेलिरहेको अवस्थामा सोही स्थान बस्ने २९ वर्षीय सुमन खलावाला लगायत छ जनालाई नगद ६७ हजार ८५ रुपैयाँ र सात बुक तास सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
दोलखा, बैतेश्वर गाउँपालिका६ नाम्दु बस्ने ढाल बहादुर कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका ६ नाम्दु बस्ने ३० वर्षीय राजेन्द्र तामाङ लगायत ९ जनालाई नगद ४३ हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।