बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

केन्याको डान्स बारबाट उद्दारबाट उद्धार गरिएका १२ युवती काठमाडौं ल्याइयो

शुक्रबार, साउन ३ २०७६

श्रावण ३ गते, काठमाडौं । केन्याको डान्स बारबाट उद्दार गरिएका १२ जना नेपाली युवतीलाई काठमाडौं ल्याइएको छ। बिहीबार साँझ केन्याबाट उनीहरुलाई हवाई मार्ग हुँदै नेपाल ल्याइएको हो।

नेपाल प्रहरीको मानव बेचविखनविरुद्ध काम गर्ने ब्युरो स्रोतका अनुसार केन्या प्रहरीले चलाएको अपरेशनका क्रममा उनीहरु पक्राउ परेका थिए।

त्यहाँबाट अन्तर्राष्ट्रिय आप्रवासी संगठनले उनीहरुलाई नेपाल ल्याएको थियो। ब्युरोका एक अनुसन्धान अधिकृतले भने, ‘हामीले थप फलोअपका लागि उहाँहरुसँग सोधपुछ गरिरहेका छौं।’

यद्यपि, अहिलेसम्म उद्दार गरिएकाले आफू खुशी केन्या गएको बयान दिएका छन्। उद्दार गरिएका मध्ये अधिकांशले केन्यामा आफूले शारीरिक वा मानसिक यातना नपाएको जनाएका छन्।