काठमाडौं साउन, १–
आरएमडीसी लघुवित्त वित्तीय संस्थाले काठमाडौं जिल्ला, रबिभवन स्थित श्री बृद्वावस्था व्यवस्थापन तथा सामाजिक कल्याण (आमाघर) लाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नगद तथा खाद्य सामाग्री सहयोग प्रदान गरेको छ । बि.स. २०५६ सालमा दिलशोभा श्रेष्ठले रविभवन स्थित आफ्नै घरमा स्थापना गर्नु भएको आमाघरले परिवार नभएका तथा परिवारबाट परित्याग गरिएका बृद्वा आमाहरु तथा अनाथ बालबालिकालाई आश्रय दिएको छ ।
आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योति चन्द्र ओझाले सो आमाघर अध्यक्ष दिलशोभा श्रेष्ठलाई रबिभवन स्थित आमाघरमै पुगी खाद्य सामाग्री (चामल, दाल, चिउरा, तेल ) र खाना पकाउने ग्याँसका साथै आमाघरको नाममा ५० हजार रुपैयाँ सहयोग गरेका हुुन । सो हस्तान्तरण कार्यक्रममा आरएमडीसी का नायव प्रमुख कार्यकारी अधिकृत राम दयाल राजबंशी, वरिष्ठ प्रवन्धकद्वय पृथ बहादुर थापा, अन्नपूर्ण श्रेष्ठ, प्रवन्धक ज्ञानु माया भण्डारी र अन्य कर्मचारीहरुको साथै सो आमाघरका संचालक सदस्य तथा बृद्वा आमाहरुको उपस्थिति रहेको थियो । सो अवसरमा आमाघरकी अध्यक्ष श्रेष्ठले यस प्रकारको सहयोगले आमाघरलाई ठूलो मद्दत तथा हौसला मिलेकोमा खुसी व्यक्त गर्दै आरएमडीसीलाई धन्यवाद दिएकी थिईन् ।
नेपालका लघुवित्त वित्तीय संस्था तथा सहकारी संस्थाहरुलाई थोक कर्जाको साथै संस्थागत क्षमता विकासको लागि प्राविधिक सहयोग उपलब्ध गराउने राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । यस संस्थाले पिछडिएका वर्गका महिलाहरुलाई केन्द्रित गरी लघुवित्त क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि संस्थागत आधारशिला निर्माण तथा जनशक्ति विकासमा विशेष भूमिका निर्वाह गर्दै आईरहेकोे छ ।