बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बुधबार, साउन १ २०७६

काठमाडौं साउन, १–
अर्घाखाँचीको सितगंगा नगरपालिका १२ दुई घुम्ती बस्ने ६० वर्षीय टेक बहादुर पुनलाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार साँझ प्रहरीले पक्राउ गरेको  छ । कपिलबस्तु बुद्धभूमी नगरपालिका बस्ने २ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँची र प्रहरी चौकी पथ्थरकोट कपिलबस्तुबाट संयुक्त रुपमा खटिएको प्रहरीले पुनलाई पक्राउ गरेको हो । 
धादिङ, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका ४ बस्ने २७ वर्षीय प्रकाश तिमल्सिनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।