बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

स्कुलमै भट्टि पसल बनाउँदै शिक्षक तथा प्रअ, आधा रातमा रंगेहात पक्रउ (भिडियोसहित)

बुधबार, साउन १ २०७६

चितवन । पुर्वी चितवन रत्ननगर–९ को कपरखोरी माध्यमिक बिद्यालयका प्राचार्य सहित ५ जना शिक्षक स्कुलमै मदिरा सेवन गरेको भेटिएपछि स्थानियले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।

प्रअ बिष्णु कंटेल, सहायक प्रअ कृष्ण बिलास ढुङ्गाना, लेखा अधिकृत बालकृष्ण पौडेल, ब्यवस्थापन समितिका पदाधीकारी बलराम बगाले लाई समातेर प्रहरीलाई बुझाएको स्थानियहरुले बताएका छन् ।

उनिहरुले राति अफिस कोठामा रक्सी र मासु खाएर हल्ला गर्दै गर्दा आफुहरुले देखेर प्रहरीलाई बुझाएको स्थानिय युवाले बताए ।

अहिले पनि अफिस कोठामा रक्सीका बोतल र छरिएको अवस्थामा रहेको स्थानियहरुले बताए । उनिहरुलाई ईलाका प्रहरी कार्यालय रत्ननगरमा राखिएको बताईएको छ ।