तपाइँ हामि खानेकुरा खादा खासै ध्यान दिने गर्दैनौ। खालि पेटमा के खानु हुन्छा के खानु हुन्न हामि हेरेर खाने मान्छे सायद कम नै छौ होला। कहिले काही केहि खानेकुरा खाएपछि कहिले अप्ठेरो महसुस गर्ने गरेका छौ पनि।
तेसैले स्वास्थ्यको उचित तरिका ले ख्याल गर्ने हो भने खानु अघि कति बेला कसरि खाने भन्ने कुरा पनि ध्यान दिनु आबस्यक छ। बिहान सबेरै उठदा शरिरमा एसिडको मात्रा धेरै हुन्छ। यस्तो मा एसिड बढाउने खानेकुरा नखानु नै राम्रो हुन्छ। नत्र एसिडिटी बढाउने काम हुन सक्छ।
केराः केरामा क्याल्सियम, म्याग्नेसियम हुन्छ । खाली पेटमा खाँदा क्याल्सियम, म्याग्नेसियमको ब्यालेन्स बिग्रने भएकाले एसिडिटी हुनसक्छ ।
खरबुजाः यसमा आइरन, पोटासियम हुन्छ । आइरन र पोटासिम खाली पेटमा खाँदा एसिडिटी हुनसक्छ ।
चियाः चियामा एसिडको मात्रा धेरै हुन्छ । यो खाली पेटमा खाँदा पेट पोल्ने र दुख्ने गर्दछ ।
दूधः यसमा पाइने स्याचुरेटेड फ्याट, प्रोटिनले पेटको मांसपेशीलाई कमजोर बनाउने गर्दछ । यसले खपच हुने र खकारको समस्या निम्त्याउने गर्दछ ।
गुलियो खानेकुराः मिठाई वा हलुवाजस्ता खानेकुरा खाली पेटमा खाँदा रगतमा चीनिको मात्रा बढ्छ । यसले आँखाको समस्या निम्त्याउने गर्दछ ।
दहीः यसमा पाइने प्रोबायोटिक ब्याक्टेरिया खाली पेटको एसिडको स्तरलाई बढाउने गर्दछ । खाली पेटमा दही सेवन गर्दा पेट पोल्ने समस्या हुने गर्दछ ।
शखरखण्डः यसमा टोनिक र प्याक्टिन हुन्छ जुन आली पेट हुँदा पच्दैन । यसले छाती पोल्ने समस्या निम्तिन सक्छ ।
आँपः यसले शरिरमा गर्मी पैदा गराउँछ । यसलाई खाली पेटमा खाँदा एसिडको स्तरमा वृद्धि हुन्छ र एसिडिटी बढाउछ । एजेन्सीको सहयोगमा