काठमाडौं । चालु आर्थिक बर्ष सकिनै लाग्दा शेयर बजारमा सुधारको क्रम सुरु भएको छ । सरकारलाई कर र बैंकलाई ब्याज बुझाउने चटारो टरेपछि शेयर लगानीकर्ता शेयर बजारमा व्यस्त हुन थालेका छन् । जसले गर्दा सूचक र कारोबार रकममा सुधार देखिन थालेको छ ।
आइतबार करिब एक अंकले बढेको शेयर बजार परिसूचक नेप्से सोमबार ५ अंक बढीले उकालो लागेको छ । सोमबार नेप्से ५.०८ अंकले बढेर १२५४.५६ अंकमा पुगेको छ ।
यसदिन बजारमा १७० कम्पनीका शेयर ४३ करोड बढीमा किनबेच भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा १५ करोडले बढेको छ ।
सोमबारको बजारमा कारोबारमा आएका सबै समूहका सूचक सकारात्मक रहेका छन् ।
४३ करोड ५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको बजारमा नेपाल बैंकको मात्र पाँच करोड २१ लाख रुपैयाँको कारोबार भयो । त्यस्तै शिभम् सिमेन्टको ३ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ ।