बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कामदारका आफन्तलाई युएई भ्रमणमा कठिनाई

सोमबार, असार ३० २०७६

काठमाडौं । आफू युएईमा काम गरिरहँदा आफन्तलाई सो मुलुक घुमाउन चाहने नेपाली कामदारलाई समस्या हुने भएको छ ।  संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली दूतावासले कामदारका आफन्तकालागि दिँदै आएको नो अब्जेक्सन लेटर यहि असार ३० गतेदेखि नदिने सूचना जारी गरेको छ ।  मा कार्यरत नेपाली कामदारका आफन्तले भिजिट भिसाका लागि नो अब्जेक्सन लेटर नपाउने भएका छन् । 

 

पत्रमा भनिएको छ, ‘संयुक्त अरब इमिरेट्समा कार्यरत नेपालीहरुका नजिकका नातेदारहरु (श्रीमान, श्रीमती, आमा, बुबा, छोरा, छोरी, सासू, सुसुरा) लाई यस दूतावासबाट जारी गरिँदै आएको नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) मिति २०७६ असार ३० गतेदेखि जारी नगरिने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । ’ 

 

यसअघि युएईमा कार्यरत नेपाली कामदारहरुका आफन्तहरुलाई भिजिट भिसाको लागि दूतावासले (एनओसी) उपलब्ध गराउँदा नातेदारहरु पनि सजिलै भिजिट भिसामा युएई जाने गरेका थिए ।