बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कास्कीको छने डाँडामा कामना सेवाकोे ९४ औं शाखा

सोमबार, असार ३० २०७६

काठमाडौं असार, ३०–
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवाविस्तारको क्रममा कास्की जिल्लामा पोखरा महानगरपालिका वडा नं. १४ स्थित छिने डाँडामा आज असार २९ गते आफ्नो ९४ औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक चतुराखर अधिकारी ,संचालक देव कृष्ण काफ्ले तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज बास्तोलाले संयुक्तरुपमा कारोबार सुभारम्भ गरेका हुुन । बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना आहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।
काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यो सँगै ९४ वटा शाखा तथा ४५ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै, बैंकले एबिबिएस, इन्टरनेट बैंकिङ, सि—आस्वा, मोवाईल बैैकिङ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।