बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

दुर्गेश थापाको रक तीज गीत सार्वजनिक (भिडियोसहित)

आइतबार, असार २९ २०७६

काठमाडौं । पछिल्लो समयका चर्चित तथा ब्यस्त मोडल तथा गायक हुन्  दुर्गेश थापा । उनी मोडल तथा गायक मात्र होईनन् । दुर्गेश राम्रो शब्द पनि लेख्नुको साथै भिडियो निर्देशन पनि गर्दछन् ।

उनै मोडल तथा गायक दुर्गेश थापाको नयाँ रक तीज गीत सार्वजनिक भचएको छ । सायद यो तीज बिशेष रक गीत पहिलो पटक नै सार्वजनिक भएको होला ।

रक तीज गीतमा महिलाहरुले मात्र मनाउनुपर्छ भन्ने विषयलाई उनले उथल गरेका छन् । बिशेष गरि दर्शक स्रोतालाई नयाँ स्वद दिने दुर्गेश यो तीजमा महिला दिदिबहिनीसंगै पुरुष दाजुभाईले समेत यो गीतलाई रुचाउनेमा विश्वास छन् ।

योगीत मात्र होईन दुर्गेशका हरेक गीतमा दर्शक स्रोताहरु रमाएकै हुन्छन् । सार्वजनिक तीज रक गीतमा शब्द, संगित तथा स्वर दुर्गेश थापाकै रहेको छ । जसलाई संगीत संयोजन शाहान शाक्यले गरेका  हुन् ।

गीतको म्युजिक भिडियोलाई चर्चित भिडियो निर्देशक शिव विकले निर्देशन गरेका छन् । जसमा कलाकारहरु दुर्गेश थापाको अलवा आवी, कुमार, अंकित, प्रशान्त, लोमस रहेका छन् ।

म्युजिक भिडियोलाई जय रेग्मीले छायांकन गरेका हुन् भने, बिकास ज्ञावालीले सम्पादन गरेका हुन् । तीज रक गीतलाई  दुर्गेश थापाको युट्युव च्यानलबाट नै सार्वजनिक गरिएको छ ।