काठमाडौं । सशस्त्र प्रहरी बल महानिरिक्षक (आईजी) राजु अर्याल संगठनका निम्ति नाम मात्र होइन, ब्रान्डका रुपमा नै स्थापित भए।
नेपाल प्रहरीका चार जना समकक्षीसँग उनले समन्वय गर्न भ्याए। पछिल्लो पटक नेपाल प्रहरीका आईजी दानबहादुर कार्की उनका ब्याची हुन्।
यसअघि उनी नेपाल प्रहरीका पूर्वआईजीहरु धीरजप्रताप सिंह, बसन्तबहादुर कुँवर, दीपक थापा र चन्द कुवेर खापुङ्गसँग पनि समन्वय गर्न सफल भएका थिए।
सशस्त्र प्रहरी बलका आईजी अर्यालको उदयसँगै संगठनको चुस्ताका कयन उदाहरण छन्। उनी एक अब्बल आईजीका रुपमा आगामी बर्षको वैशाखको मध्यसम्म रहनेछन्।
अर्यालले नेतृत्व सम्हालेयता संगठनको समग्र सुधार, व्यावसायिकता र जनमैत्री सेवा विस्तारमा उल्लेखनीय उपलब्धि हासिल गरेका छन्।
सुरक्षा संयन्त्रभित्र विश्वासको वातावरण बनाउनु, दक्ष शान्ति सुरक्षा बल तयार पार्नु र कमजोर क्षेत्रमा संस्थाको उपस्थितिलाई थप प्रभावकारी बनाउनु यी सबै कार्य आर्यालको कार्यकालमा देखिएका प्रमुख विशेषताहरू हुन्।
अर्यालले नेतृत्व लिएको प्रारम्भिक चरणमै सशस्त्र प्रहरी बललाई व्यवस्थित, पारदर्शी र तटस्थ सुरक्षा निकायका रूपमा अघि बढाउने लक्ष्य तय गरेका थिए। उनका अनुसार, “दक्ष नेतृत्व र अनुशासित बल नै राष्ट्रको सुरक्षाको आधार हो।” यही विचारलाई व्यवहारमा उतार्दै उनले सशस्त्र प्रहरी बलमा देखिने चुनौतीहरूलाई क्रमशः सुधार गर्दै संस्थालाई आधुनिक प्रविधियुक्त दिशातर्फ उन्मुख गरिरहेका छन्।
आईजी आर्यालको कार्यकालमा सशस्त्र प्रहरीले प्रशिक्षण प्रणालीलाई झनै सुदृढ बनाएको छ। आधुनिक अभ्यास, प्राविधिक तालिम, क्षमता अभिवृद्धि तथा सीमा सुरक्षा रणनीतिलाई नयाँ मोडेलमा ढाल्ने काम तीव्र गतिमा अघि बढेको छ।
देशभर प्रशिक्षण केन्द्रहरूको क्षमता वृद्धि मात्र होइन, तालिममा व्यावहारिक अभ्यास, संकट व्यवस्थापन दक्षता र मानवीय उद्धार कार्य समावेश हुनु संस्थाको बलियो पक्ष बनिरहेको छ। यसले प्रहरी जवानहरूको मनोबल उच्च राख्नुका साथै फिल्डमा उनीहरूको कार्यदक्षतामा प्रत्यक्ष प्रभाव पारेको छ।
राजु आर्यालको नेतृत्वमा सशस्त्र प्रहरीले सीमा क्षेत्रमा नियन्त्रण बलियो बनाउँदै अवैध तस्करी, मानव बेचबिखन तथा आपराधिक गतिविधिमाथि कडा निगरानी बढाएको छ। सिसिटिभी, ड्रोन, आधुनिक संचार उपकरण तथा भौगोलिक सूचनाको प्रविधि प्रयोगले सीमा सुरक्षालाई नयाँ उचाइमा पुर्याएको छ। यसले अपराध नियन्त्रणमा मात्र होइन, राष्ट्रको आर्थिक सुरक्षामा पनि सकारात्मक प्रभाव पारेको देखिन्छ।
प्राकृतिक विपद्—पहिरो, बाढी, डुबान वा भूकम्पजस्ता संकटमा सशस्त्र प्रहरी बलको भूमिका सदैव अग्रपंक्तिमा रहेको छ। आईजीपी आर्यालले यस्ता कार्यलाई अझ द्रुत र वैज्ञानिक बनाउने उद्देश्यले विशेष उद्धार टोली लाई सुदृढ बनाएका छन्।
हाल सशस्त्र प्रहरी बल प्राकृतिक विपद् व्यवस्थापनमा देशकै सबैभन्दा छिटो र प्रभावकारी टोली मानिन्छ, जुन राजु आर्यालको व्यवस्थापकीय क्षमताको परिणाम हो। लगातारका सुधार प्रयासले सशस्त्र प्रहरी बलको जनविश्वास उच्च बनेको छ। सेवा प्रवाहमा पारदर्शिता, कडाइका बीच मानवीय संवेदना, जवानहरूको मनोबल वृद्धि तथा संगठनभित्र देखिने आन्तरिक प्रक्रियाको सुदृढीकरण यी सबै पक्षले आईजी आर्यालको नेतृत्वप्रति सकारात्मक धारणा बनाएका छन्।
उनको दुरदर्शी सोच, सुधारमुखी नीति, अनुशासनप्रतिको कडाइ र जनताप्रतिको संवेदनशीलताले सशस्त्र प्रहरी बललाई आगामी वर्षहरूमा अझ सक्षम र विश्वसनीय संस्थाको रूपमा स्थापित गर्ने स्पष्ट संकेत दिएको छ।