बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बाढिपहिरो अपडेटः मृतकको संख्या ३२ पुग्यो, यो संख्या बढेर ५१ पुग्न सक्ने

शनिबार, असार २८ २०७६

काठमाडौं ।  अविरल वर्षाको कारण बिहीबार रातिदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी शनिबार दिउँसोसम्म ३२ जनाको मृत्यु भएको खबर छ  । बाढीपहिरोमा परी २१ जना बेपत्ता भएका छन् भने २६ जना घाइते भएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य संचालन केन्द्रले जानकारी दिएको छ । 

 

बाढी पहिरोमा परी ललितपुरमा ६ जना र भोजपुरमा ५ जना, काठमाडौं, खोटाङ, काभ्रेमा ३–३ जना, , मकवानपुर, धादिङ र सिन्धुलीमा २–२ जना तथा ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा र बारा १–१ जना गरी ३२ जनाको ज्यान गएको हो ।

 

बाढी पहिरोमा परेका काठमाडौंमा १०८ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिन्धुलीमा २ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १र१ जना गरी १३३ जनाको सकुशल उद्दार गरिएको छ। यो स्थानीय प्रहरी कार्यालय र विपद व्यवस्थापन महाशाखाबाट परिचालित टोली समेतबाट उद्धार गरिएकाको संयुक्त संख्या हो ।

 

विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको नेपाल प्रहरीले जनाएको छ