शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

उद्धारमा क्रियाशिल हुन कांग्रेसको निर्देशन

शनिबार, असार २८ २०७६

काठमाडौं ।  नेपाली कांग्रेसले आफ्ना संगठन र कार्यकर्तालाई अविरल वर्षाका कारण पिडितहरूको उद्धार कार्यमा सक्रियतापूर्वक परिचालित हुन निर्देशन दिएको छ ।

 

नेपाल सरकारलाई सम्बन्धित प्रदेश र स्थानीय तहका सरकारहरु समेतको समन्वय गरी उद्धारमा परिचालित हुन कांग्रेसले माग गरेको छ । ‘सहयोग उद्धार र राहतको कार्यमा राज्यका सबै निकायहरुलाई युद्धस्तरमा परिचालन गर्न माग गर्दछ ।’ कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।

 

मृतक प्रति समवेदना व्यक्त गर्दै आम जीवन अस्तव्यस्त भएको उल्लेख गरिएको छ ।

 

नागरिकको जिउ–धन र भौतिक पूर्वाधार समेत जोखिममा परेको गम्भीर परिस्थितिमा नागरिकलाई उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ ।