काठमाडौं । लगातारको वर्षाका कारण तराईका अधिकांश भाग डुबानमा परेका छन् भने पहाडी जिल्लामा पनि बाढीपहिरोले क्षति पुर्याएको छ ।
बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २१ पुगेको छ । १० भन्दा बढी बेपत्ता भएका छन् ।
शनिबार सप्तकोसी र शाखा नदीहरू सुनकोसी, तमोर लगायतमा बहाव खतराभन्दा माथि हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश १ ,२ र ३ का प्राय जिल्लाका तथा गण्डकी, सुदुरपश्चिम प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशको केही जिल्लाका साना नदीमा पनि बहाव बढेको छ ।
भारतीय बाँधमा भएका पानी थुन्ने ढोकाहरु भारतीय पक्षले नखोलिँदा रौतहट सदरमुकाम गौरका बस्ती संकटमा परेका छन् ।
झाँझ, बागमती, लाल बकैया र चादी नदीमा पानीको बहाव बढ्दै गए पनि भारतीय पक्षले सीमा क्षेत्रमा लगाएको बाँधको ढोका नखोलिदिँदा रौतहटको मुख्य बजार चन्द्रनिगाहपुर तथा अन्य मत्सरी, बेलबिछवा, पिप्रा रजबाडा, बडहरवा, बन्जरहा, इनवा, लक्ष्मिनिया, मर्यादपुर, कटहरीया, बसन्तपट्टी, तेजापाकड, फतुवा महेशपुर, राजपुर, जिंगडवा, मलाही टोल, पोठियाहीलगायत क्षेत्रहरु डुबानमा परेका छन् ।
शनिबारदेखि सोमबारसम्मको मौसमी अनुमान यस्तो छः 