राजविराज । सप्तकोसी नगरपालिका– ७ बनिगामा बाढीमा डुबेर एक महिलाको ज्यान गएको छ ।
डुबानमा घरसमेत परेपछि घरमाथि धुरीमा चढेकी भिखन चौधरीकी श्रीमती श्यामकुमारीको लडेर डुब्दा मृत्यु भएको हो ।
अहिले त्रियुया नदीको बाढी पस्दा बनिगामा ६ र ७ वडाका करिब ३ सय परिवार विस्थापित भएको नगरपालिकाका मेयर उत्तमकुमार गौतमले बताए ।