बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मलेसियाविरुद्धको पहिलो टी–२० मा नेपाल ७ विकेटले विजयी

शनिबार, असार २८ २०७६

काठमाडौं ।  मलेसियासँगको २ खेलको टि–२० क्रिकेट शृंअलाअन्तर्गत पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको छ । यो विजयमा कप्तान पारस खड्काको प्रदर्शन शानदार रह्यो ।  

 

पारसको अविजित ८६ रनको मद्दतमा नेपालले मलेसियाले दिएको १ सय २९ रनको लक्ष ९ बल अगावै भेट्टाएको हो । ५० बलको सामना गर्दा पारसले ८ चौका र ५ छक्का हिर्काए ।

 

निर्धाति २० ओभरको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले ९ विकेटको क्षतिमा १ सय २८ रनको योगफल तयार गरेको थियो।

 

मलेसियाका लागि प्रारम्भिक ब्याट्सम्यान भिरनदीप सिंहले अर्धशतकीय पारी खेले। ४९ बलको सामना गरेका उनले ७ चौका र १ छक्काको मद्दतमा ५७ रन बनाए। कप्तान अहमद फैजले ४५ रन बनाएर सिंहलाई बलियो साथ दिएका थिए । यसबाहेक फित्री सामले १२ रन जोड्नुबाहेक मलेसियाका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।