बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

डार्फर सुडानस्थित अनामिड मिसनमा खटी जाने प्रहरी टोलीको बिदाइ

शुक्रबार, असार २७ २०७६

काठमाडौं असार, २७–
संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ डार्फर सुडानस्थित अनामिड मिसनमा खटी जाने प्रहरी टोलीलाई प्रहरी प्रधान कार्यालय युएन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विभूति राज पाण्डेले शुक्रबार बिदाइ गरे । 
उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक पाण्डेले प्रहरीले मिसनमा खटिँदा बनाएको छविलाई कायम गर्दै संगठनको नीति अनुरुप कार्य सम्पादन गर्न खटी जाने अधिकृतहरुलाई निर्देशन दिए । साथै उहाँले मिसनमा रहँदा पालना गर्नुपर्ने अनुशासन र कार्यहरुको बारेमा समेत जानकारी गराए । 
उक्त मिसनमा प्रहरी नायव उपरीक्षक ९ जना र प्रहरी निरीक्षक ३ जना गरी जम्मा १२ जना प्रहरी अधिकृतहरु असार २९ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।