बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिंगटी हाइड्रोको आइपिओ असोजसम्ममा आउने

शुक्रबार, असार २७ २०७६

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको प्राथमिक शेयर (आइपीओ) निष्काशन मेगा क्यापिटल मार्केटस् मार्फत हुने भएको छ । कम्पनी र क्यापिटलबीच आगामी असोजसम्ममा आईपीओ निष्काशन गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

 

सम्झौता पत्रमा सिंगटी हाइड्रोको तर्फबाट कार्यकारी सञ्चालक गणेश कार्की र मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झाले हस्ताक्षर गरेका छन् ।

 

दोलखाको सिंगटी खोलामा २५ मेगावाट क्षमताको जलविद्युत आयोजना निमार्ण गरिरहेको सिंगटी हाइड्रोले कूल ४३ करोड ५० लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरमा ४३ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।

 

कूल निष्काशनमा आउने आईपीओमध्ये जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि २९ लाख कित्ता बिक्री गरिने कम्पनीले जनाएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सिंगटी हाइड्रो इनर्जीको आइपीओलाई औसत भन्दा कम अवस्था जनाउने ग्रेड ४ रेटिङ दिएको छ ।

 

निर्माणाधिन २५ मेगावाट क्षमताको यस आयोजनाले २०७६ साल भदौसम्म बिजुली उत्पादन गर्ने लक्ष्यका लिएको छ । यस जलविद्युत आयोजनाको निमार्णको काम अन्तिम चरणको रहेको छ । सिंगटी खोला प्राधिकरणसँग बढाबढ मूल्यमा प्रतिस्पर्धाबाट निजी क्षेत्रले लिएका ६ वटा ‘सुपर ६’ आयोजना अन्तर्गत पर्छ ।