मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

नौं अंकले बढ्यो नेप्से, तीन अर्ब ९४ करोडको शेयर किनबेच

सोमबार, मंसिर १ २०८२

काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज सोमबार भने नौं दशमलव ७८ अंकले बढेर २५ सय ५० दशमलव ३६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४३ अंकले बढेर चार सय ४० दशमलव ८७ अंकमा चढेको छ । तीन सय ३५ वटा कम्पनीहरुको ६१ हजार छ सय ३५ पटकको कारोबारमा ८८ लाख ९३ हजार सात सय ७८ कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम तीन अर्ब ९४ करोड ६० लाख ७४ हजार तीन सय ५८ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा दुई वटा समुहहरुको सुचक घटेपनि बाँकी ११ वटा समुहहरुको सुचक भने बढेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दशमलव ८० अंकले बढेर १३ सय २९ दशमलव २१ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २८ दशमलव ९७ अंकले बढेर ३३ सय १७ दशमलव ४४ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ८१ दशमलव १५ अंकले बढेर १२ हजार सात सय ५६ दशमलव ९२ अंकमा पुगेको छ भने बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि बढेका छन् । निर्जीवन बीमा समुहको सुचक भने आज १० दशमलव शुन्य चार अंकले घटेर १० हजार पाँच सय ३१ दशमलव ५५ अंकमा पुगेको छ भने अन्य समुहको सुचक पनि घटेको छ।

नेप्सेमा आज बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले सबैभन्दा बढी कमाउँदा भुगोल इर्नर्जी डेभलपमेन्ट लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । साहास ऊर्जा लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।