ललितपुर, असार २७
ललितपुर महानगरपालिका २७ सुनाकोठीस्थित रामेछाप घर भएका ५७ वर्षीय मानबहादुर श्रेष्ठको अस्थायी टहरामा जुवातास खेलिरहेका मानबहादुर समेत ८ जनालाई नगद ४७ हजार ९ सय ३० रुपैयाँ र ३ बुक तास सहित प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यसैगरी ललितपुर गोदावरी नगरपालिका १० झ्यालुङटारस्थित राजु तामाङ र अजय तामाङको भ्यू कटेजमा जुवातास खेलिरहेका दुवै संचालक समेत १४ जनालाई ५ लाख ९ हजार ७ सय ५५ रुपैयाँ र तास सहित प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।