बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अत्याधिक बर्षाका कारण सिंहदरबारको पर्खाल पनि भत्कियो

शुक्रबार, असार २७ २०७६

काठमाडौं । लगातारको बर्षाले देशैभरको जनजीवन प्रभावित भएको छ ।

काठमाडौं उपत्यकासहित देशैभर परिरहेको भारी बर्षाले विभिन्न ठाँउमा पहिरो समेत गएको छ ।

यसैबीच गएराति बिहिबारदेखि परेको अबिरल बर्षाका कारण देशकै मुख्य प्रशाशनिक केन्द्र रहेको सिंहदरबारको पर्खाल समेत भत्किएको छ ।

पूर्वी गेट नजिकैको पर्खाल भत्किदा सवारी आवागमनमा समेत बाधा परेको छ ।

यसअघि बिहीबार रातिदेखि परेको निरन्तरको वर्षाले ललितपुरस्थित पुल्चोक प्रहरी प्रभाग अगाडिको रूख ढलेको थियो ।

  रूख ढले पनि कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।