बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

‘परान’ को उडान अझ उचाइमा, थपिँदै एकपछि अर्को कर्पोरेट शो

शुक्रबार, कार्तिक २८ २०८२

काठमाडौं । कथा र अभिनयले चलचित्रलाई जीवन दिन्छ, दर्शकको साथ र मायाले त्यसमा आत्मा भरिदिन्छ । यही समीकरणलाई नेपाली चलचित्र ‘परान’ ले प्रमाणित गरिरहेको छ । रिलिज भएको पहिलो तिनदिन पछि मात्र गति समातेको परान धलचित्रले अहिले भने हल–हलमा दर्शकको मन जितिरहेको छ । दुई साता बितिसक्दा समेत चलचित्रमा दर्शकको भीड र उत्साह लगातार बढ्दै गइरहेको छ।

चलचित्रप्रति बढ्दो आकर्षणसँगै विभिन्न कर्पोरेट हाउसहरूले पनि ‘परान’ प्रति आभार र समर्थन जनाउन थालेका छन् । यही क्रममा किरण शुज म्यानुफ्याक्चर कम्पनी अन्तर्गतको गोल्डस्टार शुज परिवारले चाबहिलस्थित केएल टावरको एफक्यूव सिनेमा हलमा आफ्ना कर्मचारीहरूको संयुक्त उपस्थितिमा विशेष कर्पोरेट शो आयोजना गरी चलचित्रको सामूहिक प्रदर्शन गरेको छ।

 

उक्त अवशरमा एफक्यूव सिनेमा परिवारले परान चलचित्रका कलाकारहरुलाई फूलमाला र शंखध्वनिद्वारा स्वागत गरेको थियो भने कम्पनीका तर्फबाट गोल्डस्टार शुज परिवारले कलाकारहरूलाई उपहार स्वरूप गोल्डस्टार शुज प्रदान गरेका थिए।

चलचित्रबारे आफनो संक्षिप्त प्रतिक्रिया दिँदै कम्पनीका एक प्रतिनिधिले भने, चलचित्रले नेपाली समाजको यथार्थ, विशेषगरी विदेशिने मोह र त्यसले पारिवारिक सम्बन्धमा पार्ने असरलाई सशक्त रूपमा चित्रण गरेको छ । त्यसैगरी चलचित्रले आफ्ना अभिभावकप्रति संवेदनशील बन्नु पर्ने सकारात्मक सन्देश दिँदै घर–परिवारको ममतामूलक सम्बन्धलाई पुनः सम्झाइदिएको छ।