बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

यातायातको डाटा सेन्टरमा समस्या, लाइसेन्सको आवेदन बन्द

शुक्रबार, कार्तिक २८ २०८२

काठमाडौं । यातायात व्यवस्था विभागको डाटा सेन्टरमा समस्या आएपछि लाइसेन्सको आवेदन बन्द भएको छ।

विभागले आज सूचना जारी गरेर डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि आजदेखि अर्को सूचना नआउन्जेलसम्मका लागि सेवा बन्द गरिएको जानकारी दिएको हो।

विभागका अनुसार १६ कात्तिकबाट आंशिक सञ्चालनमा आएको डेटा सेन्टरमा फेरि समस्या आएका कारण पुनः अवरुद्ध भएको हो।