बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सूर्या लाइफ इन्स्योरेन्सको हकप्रदका लागि केयर एनपीको ग्रेड फोर

बिहिबार, असार २६ २०७६

काठमाडौं । जीवन बीमा कम्पनी सूर्य लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्न केयर एनपी आइपीओ ग्रेड ४ रेटिङ्ग. पाएको छ ।कम्पनीले ८८ करोड ७४ लाख रूपैयाँ बराबरको आइपीओ निष्काशन गर्न गराएको रेटिड.मा केयर रेटिड. नेपालले कमजोर आधार जनाउने ग्रेड ४ रेटिङ्ग  प्रदान गरेको हो ।

 

सूर्य लाइफले चुक्ता पुँजीको ७० प्रतिशत हकप्रद शेयर एघारौ साधारणसभाबाट पारित गराइसकेको छ भने नेपाल धितोपत्र बोर्डबाट पनि अनुमति पाइसकेको छ ।

 

तर कम्पनीले हकप्रद निष्काशनको लागि बुकक्लोज मिति भने तय गरेको छैन ।

 

यसअघि ४० प्रतिशत हकप्रद शेयर र १२ प्रतिशत बोनश शेयर वितरण गरी १ अर्ब २६ करोड रुपैयाँ चुक्ता पुँजी पुर्याएको कम्पनीले बीमा समितिले तोकेको २ अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्याउन शेयरधनीहरूलाई थप ७० प्रतिशत हकप्रदको भारी बोकाउन लागेको हो ।

 

हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी बीमा समितिले तोके भन्दा धेरै २ अर्ब १५ करोड रूपैयाँ हाराहारी पुग्नेछ ।