काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन चार अंकले घटेको नेप्से आज मंगलबार तीन दशमलव २१ अंकले बढेर २५ सय ६५ दशमलव १६ अंकमा चढेको छ भने सेन्सिटिभ इन्डेक्स शुन्य दशमलव १९ अंकले घटेर चार सय ४४ दशमलव ३७ अंकमा पुगेको छ । तीन सय २७ वटा कम्पनीहरुको ५५ हजार छ सय ३२ पटकको कारोबारमा ७९ लाख ४७ हजार ५८ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम तीन अर्ब ६२ करोड ६१ लाख ७५ हजार एक सय १० रुपैंयाँ कायम भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा छ वटा समुहको सुचक घटेपनि बाँकी समुहहरुको सुचक भने बढेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ९४ अंकले बढेर १३ सय ३८ दशमलव ८२ अंकमा पुगेको छ भने जलविधुत समुहको सुुचक पनि २५ दशमलव ३७ अंकले बढेर ३३ सय २० दशमलव ३२ अंकमा पुगेको छ। जीवन बीमा समुहको सुचक पनि ७४ दशमलव दुई अंकले बढेर १२ हजार आठ सय ४२ दशमलव ६८ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ५३ दशमलव ६३ अंकले बढेर १० हजार छ सय ८१ दशमलव २८ अंकमा पुगेको छ । उत्पादनमुलक, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि बढेका छन् । बिकास बैंक समुहको सुचक भने २५ दशमलव १९ अंकले घटेर पाँच हजार दुई सय ८५ दशमलव २८ अंकमा पुगेको छ भने फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त र अन्य समुहको सुचक पनि घटेका छन्।
नेप्सेमा आज शाईन रेसुंगा डिवेञ्चरले सबैभन्दा बढी कमाउँदा नेपाल एसबिआई बैंकको डिबेञ्चरले सबैभन्दा बढी गुमाएको छ । साहस ऊर्जा लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।