बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मलेसियामा अवैधानिक रुपमा बस्ने नेपालीसहित सयौं ब्यक्ति यसरी पक्राउ

बुधबार, असार २५ २०७६

क्वालालम्पुर । मलेसियामा अवैधानिक रुपमा बसिरहेका विदेशी पक्राउ गर्ने अभियान अन्तर्गत १ सय २ जना विदेशी पक्राउ परेका छन् ।

उनीहरुलाई झण्डै ९० ठाउँमा गरिएको खोजतलाशका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अध्यागमन प्रहरीले गरेको खोजतलाशका क्रममा एक हजार भन्दा धेरै व्यक्तिको कागजपत्र हेरिएको प्रहरीले जनाएको छ ।

निर्माण क्षेत्रहरु, होटल, रेष्टुराँ, भाडामा लगाइएका घरहरु, पसल, खाना खाने साना होटलहरु लगायतमा खोजतलाशको कारवाही भएको थियो ।

सो क्रममा ५३ जना म्यानमारका नागरिक, २२ जना बंगलादेशी, ११ जना ईण्डोनेशियाली, ९ जना फिलिपनो, दुईजना नेपाली, दुईजना पाकिस्तानी तथा दुई जना थाईल्याण्डका नागरिक पक्राउ परेका हुन् ।

उनीहरुलाई अध्यागमन कार्यालयको हिरासतमा राखिएको जनाइएको छ ।