काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य रु २०० ले घटेको छ । पछिल्लो समय नेपाल बजारमा सुनचाँदीको मूल्य घट्ने र बढ्ने भईरहेको छ ।
केही दिनअघि मात्र सुनको मुल्य ह्वतै बढेको थियो । त्यो बढेको मुल्यले नेपाली बजारलाई त्यति धेरै दिन थ्यग्न सकेन र बिस्तारै मुल्य ओराले लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ६४ हजार ५०० मा कारोबार भएको सुनको भाउ बुधबार घटेर ६४ हजार ३०० मा कारोबार भएको हो ।
यस्तै तेजावी सुन बुधबार ६४ हजारमा कारोबार भएको छ । चाँदी भने अघिल्लो दिनकै मूल्य रु ७२० मा कारोबार भएको महासंघले जनाएको छ।