बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवरोध गर्नेलाई पेलपाल गरेर संसद बैठक सञ्चालन

बुधबार, असार २५ २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुको अवरोधलाई पेलपाल गर्र्दै सभामुख कृष्णबहादुर महराले बुधबार प्रतिनिधि बैठक सञ्चालन गरेका छन्  । 

 

प्रतिनिधिसभाको बैठकको सुरुमा नै कांग्रेस र राजपाका सांसदहरुले उभिएर विरोध जनाएका थिए । दुवै दलका सांसदहरुले उभिएर विरोध जनाईरहेका बेला सभामुखले बोल्नका लागि समय नदिइकनै बैठकको कार्यसूचि अगाडि बढाएका हुन् । 

 

कांग्रेस र राजपाका सांसदहरुले रोष्टम घेराउ गरि संसदीय व्यवस्था कायम गर्न माग गर्दे नारावाजी गरिरहेकै समयमा सभामुख महराले सचिव गोपालनाथ योगीलाई सभामा उत्पत्ति भएका विनियोजन विधेयक २०७६, आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६, ऋण तथा जमान तेईसौ विधेयक २०७६ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउन अनुमति दिएका थिए ।

 

सचिव योगीले नाराबाजी कै बीचमा राष्ट्रियसभाबाट प्राप्त सन्देश पढेर सुनाएका थिए । कांग्रेस र राजपाले सर्लाही घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न माग गर्दै मंगलबार पनि बैठक अवरुद्ध गरेका थिए ।