काठमाडौं । अभिनेतृ शिल्पा पोखरेलले श्रीमान् छबी ओझाबाटै असुरक्षा महसुस गरेकी छन् । उनी आफ्नै श्रीमानबाट असुरक्षित रहेको भन्दै प्रहरीमा उजुरीसमेत दिएकी छन् ।
पोखरेलले श्रीमानबाट असुरक्षित भएकाले भन्दै शान्तिको भाग गर्दै उजुरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए । उनको उजुरीबारे बुझ्ने क्रम चलिरहेको र दुवै पक्षलाई छलफलका लागि बोलाइएको प्रहरीले जनाएको छ ।
चलचित्र निर्माता छबी ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच पछिल्लो समय खटपट भएको थियो । शिल्पा र छविराजले २०७३ सालको दशैंमा गोप्य रुपमा बिहे गरेका थिए । लामो समय उनीहरुले आफ्नो बिबाहलाई लुकाए । पोखरेल निर्माता ओझाको चौथो श्रीमती बनेर ओझा निवास भित्रिएकी थिइन् ।